एसियाली खेलकुद अन्तर्गत फुटबल तर्फ आठ खेलहरु सम्पन्न, यस्तो छ नतिजा
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत मंगलवारदेखी सुरु भएको पुरुष फुटबल तर्फ अहिलेसम्म ८ खेलहरु सम्पन्न भएका छन् । पहिलो चरणको खेलमा बहराइनले थाइल्याण्डसँग १-१ को बराबरी खेलेको छ भने म्यानमारले बङलादेशलाई १-० ले पराजित गरेको छ । मंगलवार नै भएको अर्को खेलमा भियतनामले मंगोलियालाई ४-२ ले पराजित गरेको छ ।
अन्य खेलहरुमा उत्तर कोरियाले चाइनिज ताइपेइलाई २-०, चीनले भारतलाई ५-१, दक्षिण कोरियाले कुवेतलाई ९-० ले हराउदा साउदी अरेबियाले इरानसँग गोलरहित बराबरी खेलेको छ । अर्को खेलमा इन्डोनेसियाले किर्गिजस्तानलाई २-० ले पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज एकमात्र खेल जापान र कतारबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्