लेख विवरण

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपालको दोस्रो हार, समूह चरणबाटै घर फर्कने

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपालको दोस्रो हार, समूह चरणबाटै घर फर्कने

काठमाडौंँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले १९औँ एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार ब्योहोरेको छ । चीनको हाङझावमा मंगलवार भएको पहिलो खेलमा बहराइनसँग पराजित भएको नेपाल आज (बुधवार) आफ्नो दोस्रो खेलमा इरानसँग पराजित भयो ।

समूह ‘बी’ मा रहेको नेपाल आफ्नो दोस्रो खेलमा इरानसँग ३–० को सेटमा पराजित भएको हो । खेलमा कमजोर देखिएको नेपालले तीनवटै सेट २५–९, २५–१५, २५–१३ ले गुमाएको हो ।

आजको हारसँगै नेपाल समूह चरणबाटै घर फर्कने छ । एसियाडको औपचारिक सुरुवात शनिबारदेखि हुने भएपनि भलिबल लगायत केही खेल अगाडि सञ्चालन गरिएको हो ।

असोज २१ गतेसम्म सञ्चालन हुने एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.