लेख विवरण

अन्तर विद्यालय बास्केटबल : सत्साइ र पारामाउन्टको जित

अन्तर विद्यालय बास्केटबल : सत्साइ र पारामाउन्टको जित

काठमाडौंँ । सत्साइ र पारामाउन्ट १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार विजयी भएका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा सत्यसाइले युनिभर्सिटीलाई ३५–२४ तथा पारामाउन्टले भद्रकालीलाई २२–१७ ले पराजित ग¥यो ।

सिनियर ब्वाइजमा गोल्डेनपिकले स्किब्सलाई ४८–३३, सेवा सदनले भद्रकालीलाई ३२–२०, पञ्चायणले सिद्धार्थलाई ५७–३७, टीआईएले युनिभर्सिटीलाई १८–१३, पृथ्वीले प्राण्जलीलाई ३६–२७, लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले नव ज्ञान भूमिलाई ३९–१८ र जेबी स्कुलले बाल संसारलाई ४६–३३ ले हराए । जुनियर ब्वाइजमा गोल्डेनपिकले बीएनएलाई ३३–२३ ले पाखा लगायो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.