लेख विवरण

प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ लाई

प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ लाई

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ ले जितेको छ । लैनचौर मैदानमा बुधबार भएको फाइनलमा वडा नं १४ ले वडा नं १३ लाई ३–२ गोलले हरायो ।

काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदान सम्पन्न प्रतियोगिता जित्न फाइनलमा वडा नं १४ का मनिष रानाभाटले दुई गोल गरे । च्याम्पियन टिमका लागि दिलिप थापाले पनि एक गोल गरे । वडा नं १३ का लागि अभय राना र आसिस कपालीले गरेको गोल सान्त्वना मात्र बन्यो । फाइनलमा वडा नं १४ का आरोन खड्का म्यान अफ दि म्याच बने ।

उपाधि विजेता वडा नं १४ ट्रफीसहित दुई लाख रुपियाँको हकदार बन्यो । उपविजेता वडा नं १३ ले एक लाख रुपियाँमा चित्त बुझायो । यसैगरी, विधागततर्फ उत्कृष्टतर्फ वडा नं १३ का आसिस कपाली सर्वश्रेष्ठ खेलाडी, वडा नं १४ का मनिष सर्वाधिक गोलकर्ता र वडा नं १४ कै विपिन थापा मगर सर्वश्रेष्ठ गोलरक्षक घोषित भए । यी तीनै उत्कृष्ट खेलाडी जनही दस हजार रुपियाँले पुरस्कृत भए ।

विजेता वडा नं १४, उपविजेता वडा नं १३ तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गाल र वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले ट्रफी, नगद पुरस्रकार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता वडा नं २३ ले आयोजना गरेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.