एकदिवसीय विश्वकप २०२३ का लागि रजनीकान्तले पाए गोल्डेन टिकट
काठमाडौंँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार सुपरस्टार रजनीकान्तलाई अर्को महिना हुने एकदिवसीय विश्वकप २०२३ मा विशेष अतिथि बन्न गोल्डेन टिकट प्रदान गरेको छ। यसले दिग्गज अभिनेतालाई बिना कुनै अवरोध रंगशाला प्रवेश गर्न अनुमति दिनेछ। बीसीसीआईले यसअघि सचिन तेन्दुलकर र अमिताभ बच्चनलाई पनि गोल्डेन टिकट दिएको थियो ।
बीसीसीआईले आफ्नो एक्स ह्यान्डलमा एक तस्बिर शेयर गर्दै सचिव जय शाहले उत्कृष्ट अभिनेतालाई ‘गोल्डेन टिकट’ प्रदान गरेको बताएको छ । बीसीसीआईले भन्यो, "सिनेमाभन्दा बाहिरको घटना! बीसीसीआईका सचिव जय शाहले क्यारिज्म्याटिक र प्रतिभाका खानी रजनीकान्तलाई गोल्डेन टिकट प्रदान गरे। यी महान अभिनेताले लाखौं मानिसहरूको हृदयमा अमिट छाप छोडेका छन्।"
उनले भने, “हामी यो साझा गर्न पाउँदा खुसी छौं कि थालाइवा (रजनिकान्त) आईसीसी विश्वकप २०२३ मा हाम्रो विशेष अतिथि हुनेछन्। उनको उपस्थितिले क्रिकेटको सबैभन्दा ठूलो कार्यक्रममा आकर्षण थप्नेछन्।"
एकदिवसीय विश्वकप अक्टोबर ५ मा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको खेलबाट सुरु हुनेछ । दुवै टोली अघिल्लो विश्वकप (२०१९) को फाइनलमा पुगेका थिए।

टिप्पणी लेख्नुहोस्