लेख विवरण

आईसीसी एकदिवसीय विश्वकपको आधिकारिक थिम गीत सार्वजनिक

आईसीसी एकदिवसीय विश्वकपको आधिकारिक थिम गीत सार्वजनिक

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप २०२३ को आधिकारिक थिम गीत बुधबार सार्वजनिक भएको छ । गीतको नाम ‘दिल जश्न बोले’ राखिएको छ । गीतको कभरमा रणवीर सिंह देखिएका छन् । गीतमा संगीत निर्देशक प्रीतम चक्रवर्तीले दिएका छन् । विश्वकपको यो गीत गायक प्रीतम, नकाश अजिज, श्रीराम चन्द्र, अमित मिश्रा, जोनिता गान्धी, आकासा र चरणले गाएका छन् ।

आईसीसीले गत महिना (अगस्ट १९) मा एकदिवसीय विश्वकपको आधिकारिक मस्कट सार्वजनिक गरेको थियो । मस्कट महिला बलर र पुरुष ब्याट्सम्यानको थिममा डिजाइन गरिएको छ। पुरुषको मस्कट हातमा ब्याट लिएर देखाइएको छ भने महिला मस्कटलाई बलले देखाइएको छ। आईसीसीले आफ्नो सोशल मिडिया ह्यान्डलमा मस्कटको भिडियो पनि सेयर गरेको छ, जसमा पूर्व भारतीय कप्तान विराट कोहली र जसप्रित बुमराह देखिएका छन्।

आईसीसी मस्कट सार्वजनिक कार्यक्रममा भारत अन्डर १९ महिला टोलीको कप्तान शफाली वर्मा र अन्डर १९ पुरुष टोलीका कप्तान यश धुल पनि उपस्थित थिए।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म भारतमा हुनेछ । प्रतियोगिताको पहिलो खेल गत विश्वकपको फाइनलमा पुगेका इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । एकदिवसीय विश्वकप ४६ दिनसम्म चल्नेछ, जसमा ४८ खेल हुनेछन्। नोभेम्बर १२ सम्म समूह चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.