लेख विवरण

च्याम्पियन्स लिगमा बार्सिलोना, म्यानचेस्टर सिटी र पीएसजीको विजयी सुरुवात

च्याम्पियन्स लिगमा बार्सिलोना, म्यानचेस्टर सिटी र पीएसजीको विजयी सुरुवात

काठमाडौंँ । बार्सिलोनाका जोआओ फेलिक्स, म्यानचेस्टर सिटीका जुलियन अल्भारेज र पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो टोलीलाई विजयी सुरुवात गराएका छन् ।

रोममा भएको एक खेल निकै रोमाञ्चक भयो जसमा लाजियोका गोलकिपर इभान प्रोभिडेलले इन्जुरी समयको पाँचौं मिनेटमा टोलीका लागि बराबरी गोल गर्दै एट्लेटिको मड्रिडलाई १–१ को बराबरीमा रोकेका थिए ।

सन् २००२–०३ पछि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबिना च्याम्पियन्स लिगको समूह चरणका खेल सुरु भएको यो पहिलो पटक हो ।

बार्सिलोनाले बेल्जियमको क्लब आन्टवर्पलाई ५–० ले पराजित गर्यो भने म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–१ ले हरायो । पिएसजीले बोरुसिया डर्टमन्डलाई २–० ले हरायो । एसी मिलान र न्युक्यासलबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.