लेख विवरण

एएफसी एसियन कप छनोट : भारत कोरियासँग ८–० ले पराजित

एएफसी एसियन कप छनोट : भारत कोरियासँग ८–० ले पराजित

काठमाडौंँ । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा भारतीय यू–१७ महिला टोली कोरियासँग ८–० गोलअन्तरले पराजित भएको छ ।

प्रतियोगितामा भाग लिने शीर्ष टोलीमध्येको एक कोरियालाई भारतीय टोलीका खेलाडीले कुनै जवाफ दिन सकेनन् ।

कोरियाका लागि कप्तान वोन जिउएनले पेनाल्टीमा दुई गोलसहित कुल तीन गोल गर्दै ह्याट्रिक पूरा गरिन् । कोरियाका लागि सेओ मिनजियोङ पार्क जुहा र सब्स्टिच्युट हेन गुखीले पनि गोल गरे ।

भारतकी शिवानी टोप्पोले आत्मघाती गोल गरिन् ।

कोरियाले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा छ गोल गरेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.