एसियाली खेलकुद : भलिबलमा भारतले कम्बोडियालाई हरायो
काठमाडौंँ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा भारतले विजयी सुरुवात गरेको छ । चीनको हाङझाउ शहरमा जारी प्रतियोगितामा मंगलबार भारतीय पुरुष भलिबल टोलीले लिग खेलमा कम्बोडियालाई ३–० ले हराएको छ ।
भारतीय पुरुष भलिबल टोलीले समूह ‘सी’ अन्तर्गत को खेलमा कम्बोडियाविरुद्ध एकतर्फी जित हासिल गर्यो । टोलीले पहिलो सेटमा कम्बोडियालाई २५–१४ को अन्तरले पराजित गर्यो । भारतले पहिलो खेल २२ मिनेटमा जित्यो। त्यस्तै दोस्रो सेट १९ मिनेटमा २५–१३ र तेस्रो सेट १९ मिनेटमा २५–१९ ले जितेको थियो ।
टोलीका लागि जर्सी नम्बर–११ अश्वराजले सर्वाधिक अंक बनाए । उनले १७ अंक बनाए भने कम्बोडियाका जर्सी नम्बर–१५ मोर्गनले सर्वाधिक ९ अंक बनाए ।

टिप्पणी लेख्नुहोस्