लेख विवरण

एसियाड टर्च र्‍यालीमा नेपालका बक्सर दीपक महर्जन सहभागि

एसियाड टर्च र्‍यालीमा नेपालका बक्सर दीपक महर्जन सहभागि

काठमाडौं । १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को औपचारिक उद्घाटन शनिबार चीनको हाङझाव सहरमा हुँदैछ । 

एसियाडको उद्घाटनअघि हाङझावमा आयोजना गरिएको एसियाड टर्च र्‍यालीमा नेपालका बक्सर दीपक महर्जनले सहभागिता जनाएका छन् ।

बुधबार आयोजित टर्च र्‍याली हाङझावको वेस्ट लेकबाट सेप्टेम्बर ८ तारिक सुरु भई झेजियाङ प्रान्तका ११ सहरमा परिक्रमा गराईएको थियो । टर्च र्‍यालीको अन्तिम दिन सेप्टेम्बर २० तारिख बुधबार दीपकले टर्च बोकेका थिए ।

‘एकताको प्रतीक’ को रूपमा रहेको टर्च एसियाली खेलकुदमा सहभागी ४५ राष्ट्रका खेलाडीले बोकेका थिए । सबै देशका खेलाडीलाई कम्तीमा १०० मिटर टर्च बोक्ने मौका दिइएको थियो ।

बक्सर दीपक हाङझाव एसियाडमा सहभागी हुने नेपाली बक्सिङ टोलीका प्रशिक्षक समेत हुन । उनी एसियाली खेलकुदका नेपालका लागि बक्सिङबाट कांस्य जिताउने खेलाडी समेत हुन ।

दीपकले सन् २०१० मा चीनको ग्वाङझावमा भएको एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । त्यतिवेला नेपालले जितेको त्यो नै एक्लो पदक थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.