लेख विवरण

बाफल ब्याडमिन्टन क्लब च्याम्पियन्सीपमा भीम र शङ्कर च्याम्पियन

बाफल ब्याडमिन्टन क्लब च्याम्पियन्सीपमा भीम र शङ्कर च्याम्पियन

काठमाडौँ । बाफल ब्याडमिन्टन क्लब च्याम्पियन्सीपमा बिहीबार भीम राई र शङ्कर श्रेष्ठको जोडी च्याम्पियन भएका छन् ।

भीम र शङ्करको जोडीले प्रतिस्पर्धात्मक फाइनलमा सहदेव सुवेदी र विकास रानाको जोडीलाई २–१ सेटमा हराए ।

प्रतियोगितामा सङ्ग्राम क्षेत्री र समीर पन्तको जोडीलाई २–१ सेटमा नै हराएर सुरेशरत्न शाक्य र दिनेशरत्न शाक्यको जोडी तेस्रो स्थानमा रहन सफल भए । पहिलो, दोस्रो र तेस्रो हुने जोडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.