लेख विवरण

साफ यू–१९ च्याम्पियनसिप : भारतले बंगलादेशलाई ३–० ले हरायो

साफ यू–१९ च्याम्पियनसिप : भारतले बंगलादेशलाई ३–० ले हरायो

काठमाडौं । साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो ।

भारतको जितमा ज्वज्वम्सार गोयरी नोएबाले खेलको पहिलो मिनेट, मैतेईले ३३औं र अर्जुन सिंहले ९०औं मिनेटमा गोल गरे । जितसँगै समूह ‘बी’ मा रहेको भारतले तीन अङ्क बनाएको छ ।

यस समूहमा भारत र बंगलादेशसहित भुटान रहेको छ । दोस्रो खेल भारतले सोमबार भुटानसँग खेल्नेछ । नेपालले बिहीबार (आज) साँझ ५ः३० बजे पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.