लेख विवरण

एकदिवसीय विश्वकप विजेताले ४ मिलियन डलर पाउने

एकदिवसीय विश्वकप विजेताले ४ मिलियन डलर पाउने

काठमाडौंँ । अर्को महिनाबाट सुरु हुने आइसीसी पुरुष एकदिवसीय विश्वकप विजेताले ४० लाख अमेरिकी डलर पुरस्कार राशि प्राप्त गर्ने भएका छन् ।

आइसिसीले अक्टोबर ५ देखि अहमदाबादमा सुरु हुने प्रतियोगिताका लागि करिब एक करोड अमेरिकी डलर पुरस्कार राशि तयार पारेको छ । विश्वकप उपविजेता टोलीले पनि करिब १९ लाख अमेरिकी डलर पाउनेछ । यस्तै सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीले पनि करिब ८ लाख अमेरिकी डलर पाउनेछन् ।

यसबाहेक समूह चरणमा प्रतियोगिताबाट बाहिरिएका अन्य ६ टोलीले पनि १ लाख डलर पाउनेछन् । एक प्रकारले विश्वकपमा भाग लिनु कुनै पनि टोलीका लागि न्यूनतम फाइदा हुनेछ । प्रत्येक खेलको विजेताले ४ हजार डलर प्राप्त गर्नेछन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.