लेख विवरण

एसियाली खेलकुद : जुडोमा मनिता, जंग र पुनमको हार

एसियाली खेलकुद : जुडोमा मनिता, जंग र पुनमको हार

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भएका छन् । नेपालका मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.