लेख विवरण

एसियाली खेलकुद : लनटेनिसको पुरुष सिंगल्समा प्रदीप दोश्रो चरणमा रोकिए

एसियाली खेलकुद : लनटेनिसको पुरुष सिंगल्समा प्रदीप दोश्रो चरणमा रोकिए

काठमाडौंँ । हाङझाव एसियाडअन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको थियो ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो ।

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगाए ।

अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.