लेख विवरण

एसियाली खेलकुद : पुरुष बक्सिङमा रविन थापाको जित

एसियाली खेलकुद : पुरुष बक्सिङमा रविन थापाको जित

काठमाडौंँ । हाङझाव एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले जित हात पारेका छन् । पुरुष ५१ केजीमुनि रविनले इन्डोनेसियाका दियो कोएबानुलाई ४–१ अंकले पराजित गरे । जितसंगै रविनले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

हाङझाव जिम्नाजियममा भइरहेको प्रतियोगितामा रविनले प्रिक्वाटरफाइनलमा उत्तर कोरियाका चोनयोङ सालाइलाई प्रतिद्वन्द्वी पाएका छन् ।

महिला ६६ केजीमुनि नेपालकी विनिता थापा मगर चाइनिज ताइपेईंकी चिन चेन नियनसंग आरएससीका आधारमा पराजित भइन् । पुरुष ७१ केजीमुनि नेपालका दीपेश लामा भारतका निशान्त देवसंग ५–० ले पछि परे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.