लेख विवरण

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसंग पराजित

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसंग पराजित

काठमाडौंँ । हाङझाव एसियाडअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । वेन्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको समूह ‘डि’ को लिगमा नेपाल जापानसंग ०–८ गोलअन्तरले पराजित भयो ।

पहिलो पटक एसियाली खेलकुदमा सहभागी महिला फुटबलमा नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसंग २–० ले पराजित भएको थियो । लगातार दुई हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार दक्षिण एसियाली राष्ट्र बंगलादेशको सामना गर्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.