लेख विवरण

एसियाली खेलकुदका लागि सन्दीप चीन प्रस्थान

एसियाली खेलकुदका लागि सन्दीप चीन प्रस्थान

काठमाडौंँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने चीन प्रस्थान गरेका छन् । सन्दीपसँगै टोलीका अर्का सदस्य सागर ढकाल पनि चीन तर्फ लागेका छन् ।

एसियन खेलकुद अन्तर्गत क्रिकेटका लागि आईतवार नै नेपाली क्रिकेट टोली हाङझाउ प्रस्थान गरेको थियो । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।

एसियाड क्रिकेटमा नेपालले असोज १० गते मङ्गोलिया र असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले समूह चरण पार गरेमा क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

एसियाडमा नेपालको क्रिकेट टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी र सन्दीप जोरा ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.