लेख विवरण

एसियाली खेलकुद : उसुमा दीपक र निमा पराजित

एसियाली खेलकुद : उसुमा दीपक र निमा पराजित

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३ औं स्थानमा रहे । उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे । प्रतिस्पर्धामा २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कांस्य जिते ।

महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १० औं स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.