एसियाली खेलकुद : पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन
काठमाडौंँ । एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।
मंगलबार भएको ९–१३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझाव नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो । योसहित नेपालले खेलेको सबै ६ खेलमा हार व्यहो¥यो । ६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।
समूह चरणमा तीनवटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

टिप्पणी लेख्नुहोस्