लेख विवरण

एसियाली खेलकुद : पौडीमा अनुशिया २५ औं स्थानमा

एसियाली खेलकुद : पौडीमा अनुशिया २५ औं स्थानमा

काठमाडौंँ । हाङझाव एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५ औं स्थानमा रहिन् । २९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, युएइ, लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन् ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको पहिलो हिटमा अनुशियाले निर्धारित दूरी १ मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् । अनुशिया हिट चरणबाटै बाहिरिन् । हङकङ चाइना, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.