लेख विवरण

एसियाली खेलकुद : ह्यान्डबलमा नेपाल जापानसँग पराजित

एसियाली खेलकुद : ह्यान्डबलमा नेपाल जापानसँग पराजित

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो ।

पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.