एसियाली खेलकुद : उसुमा कविता ११ औं स्थानमा
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालकी कविता थापा महिला जियान्सु/कुन्सु अलराउन्डमा समग्रमा बुधबार ११ औं स्थानमा रहिन् ।
जियोसन गुआली स्पोर्ट्स सेन्टरमा कविताले जियान्सुमा ९.६३३ तथा कुन्सुमा ९.२४३ गरी जम्मा १८.८७६ अंक जोडिन् । ११ खेलाडी सहभागी कविताको स्पर्धामा चीनकी झियाओझियाओले स्वर्ण, इरानकी जाहरा कियानीले रजत र भियतनामकी भि थुइ दुवोङले कांस्य जिते ।

टिप्पणी लेख्नुहोस्