लेख विवरण

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालले दियो ३ सय १५ रनको विशाल लक्ष्य

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालले दियो ३ सय १५ रनको विशाल लक्ष्य

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाललले मंगोलियालाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ३ सय १४ रन बनायो । टोलीका लागि कुशल मल्लले १ सय ३७ रनको अविजित पारी खेले । उनले आफ्नो इनिङमा ८ चौंका र १२ छक्का प्रहार गरे । कप्तान रोहित पौेडेलले २७ बलमा ६१ रनको अर्धसतकिय पारी खेले उनले आफ्नो इनिङमा २ चौंका र ६ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरिले आक्रमक ब्याटिङ गर्दै १० बलमा अविजित ५२ रन बनाए ।

मंगोलियाका लागि लवसनज़ुंडुई एर्डेनेबुलगन, दावासुरेन जम्यानसुरेन र मुनगुन अल्तानखुयागले १-१ विकेट लिए । ३ सय १५ रनको विशाल लक्ष्य पाएको मंगोलियाले केही बेरमा ब्याटिङ गर्दैछ ।

मङ्गोलियाले नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङ्गोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै यहाँ आइपुगेको छ ।

नेपाली टोलीका दुई महत्रवपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल मंगलवार आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.