लेख विवरण

एसियाली खेलकुद : टेबलटेनिसमा नेपाली टोली पराजित

एसियाली खेलकुद : टेबलटेनिसमा नेपाली टोली पराजित

काठमाडौंँ । हाङझाव एसियाडको टेबलटेनिस पुरुष एकलमा माल्दिभ्सका इस्माइलले नेपालका रुविन महर्जनलाई ११–६, ३–११, ११–८, ११–६ र ११–८ तथा यमनका अममद अली ओमरले नेपालका संयोग कपालीलाई ११–८, ११–७, ११–९ र ११–६ को सेटमा पराजित गरे ।

पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसंग ११–८, ११–४ र ११–७ को सीधा सेटमा हारे । महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११–३, ११–२ र ११–३ को सेटमा पाखा लगाए ।

मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताठको जोडीमाथि ११–६, ११–३ र ११–१ को जित दर्ता गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.