लेख विवरण

टि२० आई क्रिकेट इतिहासमा कुशल र दिपेन्द्रको दुर्लभ विश्व कीर्तिमान

टि२० आई क्रिकेट इतिहासमा कुशल र दिपेन्द्रको दुर्लभ विश्व कीर्तिमान

काठमाडौंँ । नेपाली क्रिकेट टोलीका अलराउन्डरद्धय कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले टि२० आई क्रिकेट इतिहासमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । हाङझाउमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा यी २ खेलाडीले सर्वाधिक छिटो सतक र अर्धसतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

टस हारेर ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न कुशल मल्लले ५० बलमा १ सय ३७ रनको अविजित पारी खेले । यस क्रममा उनले ३४ बलमा शतक प्रहार गर्दै सर्वाधिक छिटो सतक बनाउने विश्व कीर्तिमान बनाए । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । रोहित शर्मा, डेविड मिलर र सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

कप्तान रोहित पौडेल आउट भएपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरिले पनि टि२० आई क्रिकेट इतिहासमा सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका छन् । उनले यो दुर्लभ विश्व कीर्तिमान मात्र ९ बलमा पुरा गरे । यसअघि यो किर्तिमान भारतका युवराज सिंहको नाममा थियो । सिंहले १२ बलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.