लेख विवरण

एसियाली खेलकुद : दोस्रो खेलमा रबिन कोरियाका सो चोनरियोङसँग पराजित

एसियाली खेलकुद : दोस्रो खेलमा रबिन कोरियाका सो चोनरियोङसँग पराजित

हानझाओ । नेपालका बक्सर रबिन थापा जारी एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।

हानझाओ जिम्नाजियममा भएको बक्सिमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौती पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.