एसियाली खेलकुद : पुरुष स्क्वास टोली भारतसँग पराजित
हानझाओ । नेपालको पुरुष स्क्वास टोली जारी १९औं एसियाली खेलकुदमा भारतीय टोलीसँग पराजित भएको छ ।
एचओसी स्क्वास कोर्टमा बिहीबार भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे ।
अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो ।
तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले पराजित भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

टिप्पणी लेख्नुहोस्