लेख विवरण

एसियाली खेलकुद : गल्फमा पहिलो दिन सन्तोसजनक प्रदर्शन

एसियाली खेलकुद : गल्फमा पहिलो दिन सन्तोसजनक प्रदर्शन

काठमाडौंँ । १९औं एसियाडअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोसजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.