दक्षिण अफ्रिकाका कप्तान बाभुमाले अभ्यास खेल नखेल्ने
काठमाडौंँ । दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान टेम्बा बाभुमाले आफ्नो टोलीका दुवै विश्वकप वार्मअप खेल नखेल्ने भएका छन् । उनी पारिवारिक कारणले घर फर्कने भएका छन् । दक्षिण अफ्रिकाले तिरुवनन्तपुरम अफगानिस्तानसँग सेप्टेम्बर २९ र अक्टोबर २ मा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । बाभुमाको अनुपस्थितिमा एडेन मार्करामले टोलीको नेतृत्व गर्नेछन्।
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको पहिलो खेल अक्टोबर ७ मा दिल्लीमा श्रीलंकासँग हुनेछ । बाभुमा यो खेलअघि भारत फर्किने टिम व्यवस्थापनले आशा गरेको छ । बाभुमा टोलीका ओपनिङ ब्याट्सम्यान हुन् । उनको अनुपस्थितिमा, रिजा हेन्ड्रिक्सले थिरुवनन्तपुरमको अभ्यास खेलमा क्विन्टन डी ककसँग ओपन गर्न सक्नेछन्।

टिप्पणी लेख्नुहोस्