लेख विवरण

नवीनले २४ वर्षको उमेरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिने

नवीनले २४ वर्षको उमेरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिने

काठमाडौंँ । अफगानिस्तानका फास्ट बलर नवीन उल हकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । नवीनले भारतमा हुने विश्वकप सकिएपछि एकदिवसीय क्रिकेटलाई बिदाइ गर्ने बताए ।

२४ वर्षीय नवीनले आफ्नो ओडीआई करियर सन् २०१६ मा सुरु गरेका थिए । उनले सन् २०२१ देखि एकदिवसीय खेल खेलेका छैनन् । नवीनले सात ओडीआई खेलमा १४ विकेट लिएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै नवीनले भने, "देशको नेतृत्व गर्न पाउनु मेरो लागि गौरवको कुरा हो। म यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गर्छु। म मेरो देशको लागि टी-२० क्रिकेट खेल्न जारी राख्नेछु। यो निर्णय लिन सजिलो थिएन, तर मेरो खेल करियरलाई अगाडि बढाउनको लागि यो एक कठिन निर्णय हो। म अफगानिस्तान क्रिकेट बोर्ड र हाम्रा सबै फ्यानहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु।"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.