लेख विवरण

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा मार्नश लाबुशेनले स्थान बनाएका छन् भने स्पिनर तथा अलराउन्डर एस्टन अगर चोटका कारण बाहिरिएका छन् ।

विश्वकपको लागि घोषणा गरिएको अष्ट्रेलियाको अन्तिम १५ सदस्यीय टोलीमा ट्रभिस हेड पनि छन्, जो दक्षिण अफ्रिकाविरुद्धको सिरिजको क्रममा घाइते भएका थिए । त्यसबाहेक, अष्ट्रेलियाको विश्वकप टोलीमा कुनै ठूलो परिवर्तन गरिएको छैन । हेड सुरुवाती केही खेलमा उपलब्ध हुने छैनन् जसका कारण अष्ट्रेलियाका १४ खेलाडीबाट प्लेइङ ११ बनाउने छ ।

अस्ट्रेलियाको विश्वकप टोली बारेमा कुरा गर्ने हो भने प्याट कमिन्सले कप्तानीको जिम्मेवारी वहन गरेको देखिन्छ । जबकि डेभिड वार्नर, स्टिभ स्मिथ, मार्नस लाबुसचेन र ट्राभिस हेड प्रमुख ब्याट्सम्यानको रुपमा रहेका छन् । टोलीसँग अलराउन्डर खेलाडीको हिसाबले धेरै विकल्पहरू छन्, जसमा क्यामरन ग्रीन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र सन एबटको नाम समावेश छ। बलिङमा कप्तान कमिन्सबाहेक मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पालाई समावेश गरिएको छ । टोलीमा दुई विकेटकिपर एलेक्स केरी र जोस इङ्लिस पनि परेका छन् ।

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोलीः डेविड वार्नर, ट्रेविस हेड, स्टीव स्मिथ, मार्नश लाबुशेन, एलेक्स क्यारी (विकेटकीपर), जोश इङग्लिश (विकेटकीपर), क्यामरून ग्रीन, मिचल मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, सीन एर्बोट, प्याट कमिन्स (कप्तान), मिचल स्टार्क, जोश हेजलवुड, एडम जम्पा ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.