काठमाडौँ रेजर्सको मार्की प्लेयरमा हिसुब थपलिया
काठमाडौंँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि काठमाडौँ रेजर्सले आफ्नो मार्की खेलाडीको रुपमा हिसुब थपलियालाई अनुबन्धन गरेको छ । रेजर्सले नेपाली राष्ट्रिय टोलीका सदस्य थपलियालाई आधिकारिक रुपमा आज अनुबन्धन गरेको जनाएको छ ।
फरवार्ड थपलियाले गत सिजनको ए डिभिजन लिग जावलाखेल युथ क्लबबाट खेलेका थिए । लिगमा २५ खेलमा उनले चार गोल र चार असिस्ट गरेका थिए । उनले गत महिना म्यानमारविरुद्ध नेपाल राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको दोस्रो संस्करणको आगामी मंसिर ९ देखि पुस २१ सम्म हुँदैछ।
एनएसएल दोस्रो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीको सहभागिता रहनेछ ।

टिप्पणी लेख्नुहोस्