लेख विवरण

एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा

एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । शुक्रबार नेपाली टिमले ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् । 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.