लेख विवरण

एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलहरु आजदेखि सुरु हुँदै

एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलहरु आजदेखि सुरु हुँदै

काठमाडौंँ । एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलहरु आजदेखि सुरु हुँदैछ । पहिलो अभ्यास खेल बंगलादेश र श्रीलंकाबीच गुवाहाटीमा हुँदैछ । पहिलो दिन (आज) जम्मा तीनवटा अभ्यास खेल हुनेछन् । दोस्रो अभ्यास खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच तिरुवनन्तपुरममा र तेस्रो पाकिस्तान र न्यूजिल्याण्डबीच हैदराबादमा हुनेछ ।

विश्वकप अघि सहभागि सबै १० टोलीले २–२ अभ्यास खेल खेल्नेछन् । सेप्टेम्बर २९ (आज) बाट सुरु हुने अभ्यास खेल अक्टोबर ३ सम्म खेलाइने छ । पहिलो (आज) र अन्तिम दिन ३–३ खेल हुनेछन् भने बाँकी दुई दिन २–२ खेल हुनेछन् । अभ्यास खेलका लागि बार्सपारा क्रिकेट स्टेडियम (गुवाहाटी), ग्रीनफिल्ड इन्टरनेशनल स्टेडियम (तिरुवनन्तपुरम) र राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम (हैदराबाद) गरी तीन स्थान छनोट गरिएको छ।

एकदिवसीय विश्वकपको सुरुवात अक्टोबर ५ बाट हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.