लेख विवरण

एसियाली खेलकुद : ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा श्रेबी १७ औ स्थानमा

एसियाली खेलकुद : ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा श्रेबी १७ औ स्थानमा

काठमाडौंँ । ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् ।

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन् । ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी सहभागी छन् ।

जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.