एसियाली खेलकुद : महिला भलिबलमा नेपाल भियतनामसँग पराजित
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो ।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो पटक सहभागी भएको हो ।

टिप्पणी लेख्नुहोस्