लेख विवरण

एसियाली खेलकुद : भारोत्तोलनमा टीकामाया गुरुङ बाहिरिइन

एसियाली खेलकुद : भारोत्तोलनमा टीकामाया गुरुङ बाहिरिइन

काठमाडौंँ । हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् । स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोश्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेश्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । टीका ९० केजी तौल उठाउन असफल रहिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.