लेख विवरण

पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा नेपाली क्रिकेट टोलीले बनाएको किर्तिमान प्रति गर्व महशुश

पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा नेपाली क्रिकेट टोलीले बनाएको किर्तिमान प्रति गर्व महशुश

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको बिश्व किर्तिमान प्रति गर्ब महशुश ब्यक्त गरेका छन् ।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरब बढाएको जनाएका छन ।

‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ,’ राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं ।

बक्तब्यमा अगाडी भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बढाइ तथा शुभकामना ।’  

पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा नेपाली क्रिकेट टोलीले बनाएको किर्तिमान प्रति गर्व महशुश

टिप्पणी लेख्नुहोस्

Please Login to comment.