लेख विवरण

एसियाली खेलकुद : महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त

एसियाली खेलकुद : महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त

काठमाडौंँ । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।

नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसंग ६२–१० ले हारेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.