बाउन्ड्रीको लागि विवाद भएपछि दुई टोलीबीच झडप, ५ घाइते
काठमाडौंँ । क्रिकेट खेललाई जेन्टलम्यानको खेल पनि भनिन्छ, जहाँ सबै खेलाडीले अम्पायरको निर्णयलाई अन्तिम मान्छन्, चाहे त्यो सही होस् वा गलत। मैदानमा खेलका क्रममा खेलाडीहरुबीच पटक पटक झगडा भएको देखिएपनि उनीहरुबीच हातपात भएको बिरलै देखिएको छ ।
बंगलादेशबाट क्रिकेट फ्यानहरुलाई स्तब्ध बनाउने एउटा भिडियो सार्वजनिक भएको छ । त्यहाँ जारी सेलिब्रेटी क्रिकेट लिगको एक खेलमा अम्पायरको निर्णयलाई लिएर लात र मुक्का प्रहार भएको छ, जसमा ६ जना नराम्ररी घाइते भएका छन् र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
बंगलादेशमा भइरहेको सेलिब्रेटी क्रिकेट लिग अन्तर्गत समूह चरणको खेलमा अम्पायरको निर्णयलाई लिएर फिल्म निर्माता मुस्तफा कमल राज र दिपङ्कर दीपोनबीच भिडन्त भएको थियो ।
दुईबीचको झगडा यतिसम्म बढ्यो कि त्यहाँ झडपको स्थिती सिर्जना भयो । त्यसपछि दुवै टोलीका खेलाडी र अन्य व्यक्तिहरु एकआपसमा झगडा गर्न थाले, जसमा केही खेलाडीले ब्याटले आक्रमणसमेत गरेका थिए । जसकारण त्यहाँ उपस्थित ६ जना नराम्ररी घाइते भए र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रतियोगितामा खेल्दै आएकी राज रिपाले सामाजिक सञ्जाल मार्फत जारी खेलमा के भयो सबैले देखेको बताएकी छन् । उनले चौका भएको बललाई व्यवस्थापनले नमानेका कारण विवाद सिर्जना भएको बताइन्। रिपाले कमलराजको टोलीका खेलाडीले मादक पदार्थ सेवन गरी आफूमाथि पानीको बोतल प्रहार गरेको बताइन् ।

टिप्पणी लेख्नुहोस्