लेख विवरण

एसियाली खेलकुद : पब्जीमा नेपालको पदक जित्ने आशा समाप्त

एसियाली खेलकुद : पब्जीमा नेपालको पदक जित्ने आशा समाप्त

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइलमा पदक जित्ने नेपालको आशा समाप्त भएको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो ।

सेमिफाइनलमा नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए । नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै डोटा २ मा पनि नेपाल पराजित भएसंगै इ स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको छ । नेपाल किर्गिस्तानसंग २–० ले पछि प¥यो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.