एसियाली खेलकुद : एथलेटिक्समा दीपकले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौंँ । एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
दीपक ९ वर्षपछि उक्त कीर्तिमान् तोड्न सफल भए । जारी एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बने छन् ।

टिप्पणी लेख्नुहोस्