लेख विवरण

भारत र इंग्ल्याण्डबीचको खेल वर्षाका कारण रद्द

भारत र इंग्ल्याण्डबीचको खेल वर्षाका कारण रद्द

काठमाडौंँ । भारत र इंग्ल्याण्डबीचको विश्वकप अभ्यास खेल वर्षाका कारण रद्द गरिएको छ । गुवाहाटीमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेपनि खेल सुरु हुन सकेन । लगातारको वर्षाका कारण यो खेल रद्द गर्ने निर्णय भएको हो ।

अभ्यास खेलमा कप्तानले प्लेइङ–११ बनाउनु पर्दैन । टोलीका सबै १५ खेलाडीले यसमा खेल्न पाउछन् । यी १५ खेलाडीलाई खेलमा रोटेट गर्न सकिन्छ। तर, मैदानमा ११ खेलाडी मात्रै उपस्थित हुन पाउनछन् । ब्याटिङ गर्ने टोलीको १० औं विकेट खसेसँगै इनिङ्स समाप्त हुन्छ ।

भारत र इंग्ल्याण्डको टोलीः

भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, कुलदीप यादव, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद शमी।

इंग्ल्याण्डः जोस बटलर (कप्तान), जोनी बेयरस्टो, ह्यारी ब्रुक, डेविड मलान, जो रुट, मोइन अली, साम कुरान, लियाम लिभिङ्स्टन, बेन स्टोक्स, डेभिड विली, क्रिस वोक्स, गस एट्किन्सन, आदिल रशिद, रीस टोपले र मार्क वुड।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.