एसियाली खेलकुद : पुरुष क्रिकेटमा जापानलाई हराउदै हङकङ क्वाटरफाइनलमा
काठमाडौंँ । चिनको हाङजाउ शहरमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रीकेटमा हङकङले जापानलाई ५ विकेटले पराजित गरेको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेको हङकङकले जापान लाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
पहिला ब्याटिङ गर्ने क्रममा जापानले १९ ओभरमा सबै विकेट गुमाउदै १२७ रन जोड्न सफल भएको थियो । जापानका लागी लच्लान यामामोतोले ३६ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सार्बधिक ६० रन जोडे । त्यस्तै केन्डेल कदोवाकीले २५ बलमा ३२ रन जोडदा अन्य खेलाडीहरुले दोहोरो अकंमा रन बनाउन सकेनन् ।
लक्ष्य पछ्याउदै मैदानमा उत्रीएको हङकङको टोलीले १८.५ ओभरमा ५ विकेट गुमाउदै १२८ रन बनाएको थियो । हङकङका लागी नरसुल्ला रानाले १८ बलमा सार्बधिक ३६ रन जोड्दै अबिजित रहे । बाबरा हयातले (३०), शिभ माथुरा (२०), मुहमद खान र निजाकात खानले १८-१८ रन जोडेका थिए । बलिङमा हङकङका लागी आयुश शुक्ला र अनास खान ले २-२ विकेट लिए । इशान खान, नियाज अलि र नरसुल्ला रानाले समान १-१ विकेट लिए । त्यस्तै जापानका लागि बलिङमा इब्राहिमा ताकाहासि, रेयो साकुरानो, मोकोटो तानियामा र कोहेइ कुबोतोले समान १-१ विकेट लिए ।
समुह बि अन्तर्गत भएको खेलमा हङकङ दुई खेल जित्दै समुह विजेता बनेर क्वाटरफाइनल प्रबेश गरेको छ । हङकङले अब भारत, पाकिस्तान, बङ्लादेश र श्रीलंका मध्ये एकसँग क्वाटरफाइनल खेल खेल्नेछ । त्यस्तै आज बिहान भएको पहिलो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो ।

टिप्पणी लेख्नुहोस्