एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालले मालदिभ्सलाई १ सय ३८ हरायो
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । अर्धसतक प्रहार गरेका पौडेलले २७ बलको सामना गर्ने क्रममा ३ चौंका र ३ छक्का प्रहार गरे ।
मंगोलिया विरुद्धको खेलमा किर्तिमानी सतक बनाएका कुशल मल्लले २० बलमा ४७ रनको अविजित पारी खेले । ओपनर कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए । बिनोद भण्डारी (१३), सन्दीप जोरा (५) आसिफ शेख र दिपेन्द्र सिंह ऐरि समान ५/५ रन बनाए । सोमपाल कामी १ रनमा अविजित रहे ।
मालदिभ्सका लागि बलिङमा नाजवान इस्माइलले ३ विकेट लिए । नसीर नैल इस्माइल, मोहम्मद मिउवान र थोलाल मोहम्मद रायाले १/१ विकेट लिए ।
लक्ष्य पछ्याएको मालदिभ्स १९.४ ओभरमा ७४ रन बनाउदै अलआउट भयो । नेपालका लागि अविनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चदै सर्वाधिक ६ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल र गुलशन झाले समान १/१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्