एसियाली खेलकुद : स्क्वासमा नेपाल हङकङसँग पराजित
काठमाडौंँ । एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । हङकङले नेपाललाई २–० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पहिलो सेट ११–१ र दोस्रोमा ११–३ को प्रदर्शन ग¥यो ।
पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सीधा सेटमा पराजित भए । अमृत ११–४, ११–२ र ११–५ ले चुके ।
पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनबाट ३–० ले पराजित भए । अरहान्तले ११–५, ११–३ र ११–३ को प्रदर्शन गरे ।
नेपालकी कृष्णा थापा महिला सिंगल्सको अन्तिम ३२ बाट बाहिरिएकी छिन् । अमृतकी सहोदर बहिनी कृष्ण दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–० र ११–३ ले पछि परिन् ।
महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले हारिन् ।

टिप्पणी लेख्नुहोस्