एकदिवसीय विश्वकपका लागि विशेष तयारी, नौं फरक भाषामा प्रशारण हुने
काठमाडौं । आधिकारिक प्रसारणकर्ता स्टार स्पोर्ट्स नेटवर्कले विश्वकप खेलका लागि विशेष तयारी गरेको छ । स्टार स्पोर्ट्स नेटवर्कले १ सय २० कमेन्टेटरहरूका साथ विभिन्न ९ भाषामा एकदिवसीय विश्वकप देखाउने भएको छ ।
विश्वकपमा रिकी पोन्टिङ, इयोन मोर्गन, रवि शास्त्री, सुनिल गावस्कर, शेन वाट्सन र वकार युनिस जस्ता दिग्गजहरूले कमेन्ट्री गर्ने भएका छन् । यस बाहेक क्रिकेट फ्यानहरूले हिन्दी, अंग्रेजीलगायत ९ फरक भाषामा विश्वकप खेलको मजा लिन सक्नेछन् । विश्वकपका खेलहरू मराठी, तमिल, तेलुगु, कन्नड, बंगाली, गुजराती र मलायम जस्ता भाषाहरूमा हेर्न पाइने भएको छ ।
यी बाहेक, पूर्व अस्ट्रेलियाली खेलाडी म्याथ्यू हेडनकी छोरी ग्रेस हेडन विश्वकपमा प्रस्तुतकर्ताको रूपमा देखिनेछिन्। विश्वकपमा ग्रेस हेडन बाहेक कुल ८ प्रस्तुतकर्ता हुनेछन् । यी बाहेक इंग्ल्याण्डका पूर्व क्रिकेटर केभिन पिटरसन र दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस पनि भिडियो कल मार्फत कमेन्ट्री टोलीको हिस्सा हुनेछन् ।
एकदिवसीय विश्वकपको उद्घाटन समारोह अक्टोबर ४ मा हुने भएको छ । त्यसपछि प्रतियोगिताको पहिलो खेल अक्टोबर ५ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ।

टिप्पणी लेख्नुहोस्