लेख विवरण

एसियाली खेलकुद : १५ सय मिटरको दौड फूलमतिले १५औं स्थानमा रहँदै टुंग्याइन्

एसियाली खेलकुद : १५ सय मिटरको दौड फूलमतिले १५औं स्थानमा रहँदै टुंग्याइन्

काठमाडौंँ । नेपालकी फूलमति रानाले हानझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौड १५औं स्थानमा टुंगाएकी छन् । १७ जना सहभागी उक्त स्पर्धामा फुलमति १५ औं भएकी हुन् ।

उनले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समयमा दौड पूरा गरेकी थिइन । आइतबार फूलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।

यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जितिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.