लेख विवरण

एसियाली खेलकुद : एथ्लेटिक्समा नेपालका सोमबहादुर कुमाल तेश्रो हिटमा चौथो

एसियाली खेलकुद : एथ्लेटिक्समा नेपालका सोमबहादुर कुमाल तेश्रो हिटमा चौथो

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल आफ्नो तेश्रो हिटमा चौथो भएका छन् । उनको हिटमा नेपालसहित ७ राष्ट्रका सातै खेलाडी थिए ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियमा सोमले निर्धारित दूरी पूरा गर्न १ मिनेट ५०.३८ सेकेन्ड सयम खर्चे । हिटको समग्रमा भने २१ खेलाडी मध्ये सोम ११ औं स्थानमा रहे ।

सोमले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ सय मिटर दौडबाट पनि सोम बाहिरिसकेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.